macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्राइम बैंकको खुद नाफा ३२.१३ प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्राइम  बैंकले चालु  आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा वृद्धि गर्न सफल भएको छ । बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ३२.१३ % ले बढेर २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ पुगेको हो ।

यस अवधिमा खुद ब्याज आम्दानी ९.५४ % ले बढेर ३ अर्ब ८७ करोड ४३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यता, खुद फि तथा कमिसन आम्दानी पनि ४३.६३% ले बढेको छ भने इम्पेयरमेन्ट चार्ज ५१.८०% ले घटेपछि खुद नाफामा सुधार भएको हो ।

फि तथा कमिसन आम्दानी ५५ करोड रुपैयाँबाट बढेर ८० करोड रुपैयाँ पुगेको हो । यता, प्राइम बैंकको खराब कर्जा भने २.८१% बाट बढेर ४.०७५ पुगेको छ ।

खुद नाफा बढेपछि यस बैंकको प्रतिसेयर आम्दानी पनि ५.४७ रुपैयाँले बढेर २२.५०५ रुपैयाँ पुगेको छ ।

himalayan life insurance
igi long
NTA long ad