citizens life insurance long ad
stcnepal long ad
national life

हिमालयन बैंकको नाफा ५७ प्रतिशतले बढ्यो

यो गत वर्षको यसै अवधिमा भन्दा ५७.५३ प्रतिशतले धेरै हो ।

Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिमा भन्दा ५७.५३ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, सञ्चालन नाफा पनि १ अर्ब ३८ करोडबाट बढेर २ अर्ब २१ करोड पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यस बैंकको खुद नाफा बढेको हो ।

यसको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ४९ करोडबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा दर ३.७७ प्रतिशत विन्दुबाट बढेर ४.९५ प्रतिशतमा पुगेको छ । हाल यसको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषमा १७ अर्ब ९८ करोड रुपैयाँ जम्मा रहेको छ । हिमालयन बैंकको प्रतिसेयर आम्दानी २६ पैसाले बढेर १३.८९ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १६२.१७ रुपैयाँ छ ।

himalayan life insurance
igi long