कुमारी बैंकले दोस्रो त्रैमाससम्ममा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाए
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा १४.३१ प्रतिशतले कम हो ।
गत वर्ष यस बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने ३५.१ प्रतिशतले बढेर ५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज पनि बढ्दा यस बैंकको खुद नाफा घटेको हो । यसको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यसको सञ्चालन नाफा पनि ५.०८ प्रतिशतले घटे