macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

स्टान्डर्ड चार्टर्ड बैंकको  खुद ब्याज आम्दानी घटेपछि नाफामा सामान्य गिरावट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफामा पनि सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा चार्टर्डको खुद नाफा १.५५% ले घटेको हो ।

बैंकको खुद ब्याज आम्दानी ७.५४% ले घटेर २ अर्ब ६३ करोड १४ लाख रुपैयाँमा आएपछि खुद नाफा पनि घटेको हो । यता, खरब कर्जा पनि ०.७२%बाट बढेर १.६०% पुगेको छ । जसका कारण पनि नाफामा असर परेको छ ।

पुस मसान्तसम्ममा वितरणयोग्य नाफा पनि ३७.०६% ले घटेर १ अर्ब १३ करोड १७ लाखमा आएको छ । खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानीमा पनि सामान्य गिरावट आएको छ ।

प्रतिसेयर आम्दानी ५७ पैसाले घटेर ३६.६२ रुपैयाँमा आइपुगेको छ । प्रतिसेयर नेटवर्थ २०५.५८ रुपैयाँ छ ।

himalayan life insurance
igi long
NTA long ad