evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

गरिमा विकास बैंकद्धारा ‘Garima 5 in 1 बचत खाता’ सार्वजानिक

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा  5 In 1 बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा 5 In 1 बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १०००/– मा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग ,Web बैकिङ्ग, ATM, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट ,सेयर ट्रेडिङ (TMS) र मेरो शेयर खातासाथैी Locker Facility मा ५०% प्रतिशत सम्म छुटको सुविधा बैंकलेज नाएकोछ ।

यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरुले गरिमा विकास बैंककाकुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको हो ।

काठमाडौको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

himalayan life insurance
igi long