citizens life insurance long ad
stcnepal long ad
national life

सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्वेरिका २०२४’ सफलता पूर्वक सम्पन्न

Prabhu Insurance Long Ad

काठमाडौं । सफ्टवेरिका कलेज अफआईटी एण्ड ई–कमर्सले गत शुक्रवार (पुस २७) नेपाल पर्यटन बोर्डको हलमा ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पनागर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका २०२४’ आयोजना गरिएको हो ।
कार्यक्रममा सपना देख्ने र सपना पुरा गर्ने विभिन्न क्षेत्रका दिग्गजव्यक्तिहरू वक्ताकारूपमा उपस्थित भएका थिए । उपस्थित दर्शकसँग उनीहरूले आ–आफ्नो अनुभव र बुझाइ बाँडेका थिए । जसले दर्शकहरूलाई निकै प्रोत्साहन गरेको थियो ।

कार्यक्रममा वक्ताका रूपमा रहेकी हाइभलयका सह–संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्व र वित्तीय क्षेत्रमा महिलाको भूमिका बारे बताएकी थिइन् । अर्का वक्ता नेपाल टी कलेक्टिभका सह–संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाएका थिए ।

साथै उनले नेपाली युवाहरूले सामना गरिरहेका हालका चुनौती र श्रम संस्कृतिलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकताबारे बताएका थिए ।

नविल बैंककापूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार राखेका थिए ।

सोही क्रममा स्वास्थ्य, धन,शक्ति र राम्रो गर्ने इच्छा सबै महत्वपूर्ण कुरा भएको तर अन्ततःजीवनमा साँच्चै के महत्वपूर्ण छ भनेर गम्भीर हुनु पर्ने उनले धारणा राखेकाथिए ।

कार्यक्रममा उपस्थित भएका अर्का वक्ता रिपोर्टर क्लब तथा प्राइम टेलिभिजनका संस्थापक ऋषि धमला विद्यार्थीहरूलाई विभिन्न कार्यशालामा सहभागी हुन प्रेरित गरेका थिए । साथै उनले आईटी शिक्षा र रोजगारीलाई अझ राम्रो बनाउनेबारे आफ्नो विचार राखेका थिए ।

त्यस्तै भूकम्प पीडितहरूलाई सहयोग गरेको तथा महिला सशक्तीकरणबारे हृदयस्पर्शी कथाकोक्रोमाकी संस्थापक तथा सामाजिक अभियन्ता रेवती गुरुङले सुनाएकी थिइन् भने खल्ती डिजिटल वालेटका प्रमुख विनय खड्काले सबैलाई आफुमा विश्वास गर्न, विगतबाट पाठ सिक्न, वर्तमानमा आनन्दलिन र भविष्यका लागि तयार रहन प्रोत्साहन गरेका थिए ।

थमेल डटकमका सह–संस्थापक बालकृष्ण जोशीले विश्वव्यापीकरणबारे कुरा गर्दै नेपालमा काम गरेर विश्वभर पैसा कमाउने बारे सुनाएका थिए ।

यससँगै नेपालको प्रविधि कम्पनी र फ्रीलान्सरहरूले २०२२ मा आधा अर्ब डलरभन्दा बढी आम्दानी गरेको बताउँदै विश्वव्यापीकरणले देशको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याउने बताएका थिए ।

वास्तवमा ‘टेड एक्स सफ्टवेरिका’ वक्ताको कुराकानी सुन्ने कार्यक्रम मात्र थिएन । यो त विचारहरूको आदान–प्रदान गर्ने र सम्बन्धन बनाउने एउटा प्लेटफर्म थियो । सकारात्मक उर्जा र ज्ञानमुलक छलफल कार्यक्रमको सफलताको प्रमाण थियो ।

“टेडएक्स सफ्टवेरिकामापाएको अतुलनीय प्रतिक्रियाले हामीहर्षित छौँ”, कार्यक्रमबारे कलेज प्रमुख प्रमोद पौडेलले बताउनुभयो ।

प्रविधि र नवप्रवर्तनको बारेमा छलफल जारी राख्न भविष्यमा पनि सफ्टवेरिका कलेजले यस्ता कार्यक्रमहरू अवश्य आयोजना गर्ने छ । सफ्टवेरिका कलेज यस्ता ज्ञान आदान–प्रदान र सशक्तीकरणका लागि मञ्चहरू तयार गर्न प्रतिबद्ध छ । किनकी यस्ता कुराले समुदायको वृद्धि र विकास गर्न योगदान पु¥याउँछ।

छोटकरीमा कलेज बारे
सन् २०१० मा स्थापनाभएको सफ्टवेरिकाकलेजले नेपालमाशिक्षाको रूपान्तरण गर्न कोभेन्ट्री युनिभर्सिटी, बेलायतसँग सहकार्य गरिरहेको छ ।

स्थापनाकाल देखि नै कलेजले सूचनाप्रविधि सम्बन्धी बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकलह्याकिङ एन्ड साइबर सेक्युरिटी जस्ता स्नातक कार्यक्रमहरू चलाइरहेको छ । प्रतिष्ठित कोभेन्ट्री विश्वविद्यालयको डिग्री प्रदान गर्ने कलेजले व्यवहारिक शिक्षा, अत्याधुनिक सुविधा, इन्टर्नशिपआदिमा केन्द्रित रहँदै आइरहेको छ ।

himalayan life insurance
igi long