citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्दै

आउँदो मंगलबार बोलकबोल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको २० अर्ब २५ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।

जसमा ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल रहेका छन्।

यी ट्रेजरी क्रमशः चैत २० गते, २०८१ असार १९ गते र २०८१ पुस १६ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल पुस १७ गते जारी हुनेछ। यसको बोलकबोल पुस १६ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

IME Life
kumari