macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

फोन पे ले घोषणा गर्‍यो ‘फोनपे गर्ने हो’ अभियान

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । फोन पे ले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ। फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरू गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहन गरेको छ।

फोन पे क्युआर र फोन पे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरूलाई सरल र सुविधाजनक बनाउँदै धेरै मानिसहरू माझ थप उजागर गराउनु यस अभियानको उद्देश्य रहेको कम्पनीले बताएको छ।

पुस १३ गतेदेखि पुस १७ गतेसम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोन पे को फोन पे क्युआर अथवा फोन पे डिरेक्ट सेवा, अभियान समय अवधिभर पाँच पटकसम्म प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको छ।

त्यसको साथै फोनपे क्युआर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटकसम्म प्रयोग गरेर पनि ग्राहकहरूले अभियानमा सहभागिता जनाउन सक्नेछन्।

यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई एमआई–साओमी १२ स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने कम्पनीले बताएको छ।

यस अभियान मार्फत् फोन पे ले, फोनपे सेवाहरूद्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको बताएको छ।

himalayan life insurance
igi long
NTA long ad