प्राइम कमर्सियल बैंकले आ. व. २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
यस बैंकको मंगलबार (पुस ३ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । प्राइमले आर्थिक वर्ष २०७८/७९ मा ८.९५% लाभांश वितरण गरेको थियो ।
























