सेन्चुरी बैंकले लाभांश खातामा पठाउन थाल्यो

काठमाडौं । सेन्चुरी बैंकले सेयरधनीलाई ३% अन्तरिम नगद लाभांश बैंकमा खातामा पठाउन सुरु गरेको छ । बैंकले गत फागुन ३० गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा लाभांश जम्मा गरिदिन थालेको हो । यता, बैंकले खाता अद्यावधिक नगरेका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
बैंकले कोरोनाका कारण वार्षिक साधारण सभा स्थगित भएपछि सञ्चालक समितिको निर्णयबाट यस्तो अन्तरिम लाभांश दिएको हो । यसअघि बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २% बोनस सेयर र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर यो प्रस्तावित लाभांश पारित गर्न बैंकले चैत १४ गते साधारण सभा बोलाएको थियो ।
यही बेला कोरोना संक्रमण फैलिएकाले सभा स्थगित गरिएको थियो । सोही कारण बैंकले अन्तरिम लाभांश भन्दै सेयरधनीलाई मुनाफा बाँडेको हो । बाँकी रहेको नगद लाभांश र बोनस सेयर भने अब बस्ने साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने बैंकले जानकारी गराएको छ ।