macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

साना किसान लघुवित्तको ३ लाख ९२ हजार कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआईसी एसिया बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार कित्ता संस्थापक समूहको सेयर लिलामी बिक्रीमा ल्याएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्री गर्नेगरी लघुवित्तका संस्थापक तथा साना किसान सहकारीहरुबाट आवेदन माग गरेको हो ।

बैंकका अनुसार प्रतिकित्ता न्यूनतम ३४८ रुपैयाँका दरले इच्छुक लगानीकर्ताले आइतबारदेखि नै गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्ने छन् । पुस २९ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

एनआईसी एसिया क्यापिटल थापाथली तथा साना किसान विकास लघुवित्तका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

‘न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ, भने सेयर बाँडफाँटमा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइनेछ’ बैंकले भनेको छ ।

himalayan life insurance
igi long
NTA long ad