macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नबिल बैंकको साधारण सभा मिति १ दिन अघि सर्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नबिल बैंकले पुस १२ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यसअघि बैंकले पुस १३ गतेलाई साधारणसभा बोलाएको थियो ।

उक्त सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

तसर्थ,मंसिर २८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० को नाफा( नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु स्वीकृति गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । साधारण सभा अघि सार्नुको कारण भने खुलाइएको छैन ।

himalayan life insurance
igi long
NTA long ad