macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सानिमा बैंकको स्याङ्जा पुतलीबजारमा बैंकिङ्ग सेवा विस्तार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ. । सानिमा बैंक लिमिटेडले २०८० मंसिर १३ गते स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पाण्डेले संयुक्त रुपमा े समुद्घाटन गर्नुभयो ।

समुद्घाटन् समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे ।

त्यसैगरी सानिमा बैंकका संचालक, रमेश कुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वस्निय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यसैगरी उक्त कार्याक्रममा बोल्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पाण्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानियग्राहरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरी यस कार्याक्रममा सम्पुर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालयर १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

himalayan life insurance
igi long
NTA long ad