ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाए

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा यसले ३.०४% ले मात्र खुद नाफा वृद्धि गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ४९.९२% ले बढेर ४ अर्ब ८० करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा ६.४२% ले बढेको छ ।
यता, असोज मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा भने २.१०% बाट बढेर ४.३८% भएको छ ।
यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको छ भने रिजर्भ कोषमा २१ ऋर्ब १० करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा छ ।
१७ कात्तिक २०८०, शुक्रवार ०७:४५ बजे प्रकाशित