macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नबिल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा बैंकको खद नाफा ६.५१% ले घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी भने १३.५१% ले बढेर ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज अम्दानी बढे पनि सञ्चालन नाफा घटेको र इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित हुन पुगेको हो ।  सञ्चालन नाफा  ४.६८% ले घटेर २  अर्ब १२ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्ष यसैअवधिमा ९९ करोड ३४ लाख १३ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ११ करोड १६ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

खराब कर्जा ०.५४% ले बढेर १.५८% पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७० पैसाल घटेर २१ रुपैयाँ ३१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ १७ पैसा छ ।

१७ कात्तिक २०८०, शुक्रवार ०७:३९ बजे प्रकाशित

NTA long ad