macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आजदेखि नबिल ब्यालेन्स्ड फण्ड–२ ले प्रतिफल वितरण गर्दै

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले आज कात्तिक १ गतेदेखि प्रतिफल वितरण गर्ने भएको छ ।

यस वर्ष योजनाले कर समेत ९ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले असोज २६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज २५ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

बुक क्लोजपछि कायम इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न लागिएको हो । यसर्थ आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत योजना व्यवस्थापकले आग्रह गरेको छ ।

इकाई धितोमा राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्नुपर्ने भनाई समेत योजना व्यवस्थापकको रहेको छ ।

१ कात्तिक २०८०, बुधवार ०६:२६ बजे प्रकाशित

NTA long ad