stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आर्थिक सूचकाङ्क सन्तोषजनक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो महिनामा पनि शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपियाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१।७ प्रतिशतले कमी आई ८५ करोड आठ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको थियो ।

सञ्चिति ३.९ प्रतिशतले बढ्यो

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब एक करोड रुपियाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपियाँ रहेकामा २०८० भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई १४ खर्ब छ अर्ब ५२ करोड रुपियाँ पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्था (राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रुपियाँ रहेकामा २०८० भदौ मसान्तमा ०.६ प्रतिशतले कमी आई एक खर्ब ९२ अर्ब ३८ करोड रुपियाँ कायम भएको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१।७ प्रतिशत रहेको छ ।

उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत

गत भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६।९९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफारनोक्सान समायोजित) ५३ अर्ब ६१ करोड रुपियाँ (३.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति २० अर्ब ८१ करोड रुपियाँ (१.९ प्रतिशत) ले घटेको थियो ।

समीक्षा अवधिमा सञ्चित मुद्रा ७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.९ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा सञ्चित मुद्रा २.९ प्रतिशतले बढेको छ ।

रेमिट्यान्स आप्रवाह २२.१ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २८ अर्ब ३७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई एक अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसै गरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ००४ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई दुई खर्ब ५१ अर्ब ६१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।

कुल आन्तरिक कर्जा ०.४ प्रतिशतले घट्यो

चालु आवको दुई महिनामा कुल आन्तरिक कर्जा ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत भदौ मसान्तमा यस्तो कर्जा ७.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १०.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.० प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा गत भदौ मसान्तमा यस्तो दाबी २९.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी १.७ प्रतिशतले नै बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा गत भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.५ प्रतिशतले बढेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari