citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट (अद्यावधिक) गर्न आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट (अद्यावधिक) गर्न आग्रह गरेको छ । बैंकले शुक्रवार एक सूचना प्रकाशित गर्दै ग्राहकलाई यस्तो जानकारी दिएको हो ।

बैंकले आफ्ना ग्राहकलाई खातामा भएका कारोबारहरुको जानकारी मोबाइलमा एसएसएस मार्फत दिँदै आएको छ ।

यदि त्यस्तो एसएमएस प्राप्त भइरहेको छैन भने आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखामा सक्कल नागरिकता वा फोटोसहितको अन्य कुनै परिचयपत्र सहित आफैँ उपस्थित भई मोबाइल नम्बर आफ्नो खातामा अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।

बैंक खातामा मोबाइल नम्बर आगामी कात्तिक २४ गतेभित्र अद्यावधिक गर्न भनेको छ ।

IME Life
kumari