stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

आवेदन बैंकको काठमाडौं लाजिम्पाटस्थित शेयर शाखामा दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

prabhu mahalaxmi
kumari