stcnepal long ad
global ime bank long

नेपाल इन्भेष्टमेण्ट बैंकले १६ महिनापछि २ अर्बको मुद्दा जित्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल
काठमाडौं । १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा नेपाल इन्भेष्टमेण्ट बैंकले  जितेको छ। इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धी मुद्दा बैंकले जितेको हो ।

मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ । यसबाट बैंकको वासलात थप सुदृढ र बलियो हुनेछ ।

तनहुँ जलविद्युत् परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई– केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर, कम्पनीले भने अनुसार काम गरिरहेको थिएन। कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टी बापतको रकम बैंकसँग दाबी गरेको थियो। उत्तिनै बेला इन्भेस्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।

सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेस्टमेन्ट बैंकलाई हराएपछि बैंकले पुनरावेदन गरेको थियो।

सीएमसीले नेपाल इन्भेष्टमेण्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटालीको बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।

बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (१ अर्ब १९ करोड रुपैयाँ हाराहारी) ग्यारेन्टी दिएको थियो।

ग्यारेन्टी बापतको पैसा डुबेपछि नेपाल इन्भेष्टमेण्ट बैंक राष्ट्र बैंकको प्रावधान अनुसार नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गर्नुपर्ने दबाबमा थियो। यही कारण बैंकको खराब ऋणमा बढ्ने अवस्था थियो।

बैंकले मुद्दा जितिसकेकोले पैसाका लागि क्लेम गरिसकेको छ । यति ठूलो रकमको बैंक ग्यारेन्टीमा मुद्दा जित्दा देशकै पैसा फर्किने अवस्था आएको छ । मुद्दा लड्न मात्रै बैंकको करिब ४ करोड रुपैयाँ खर्च भएको बताइएको छ ।

IME Lifesidebar
kumari