citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले बोलकबोल माध्यमबाट विकास ऋणपत्र २०८८ ‘घ’ बिक्री गर्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोल माध्यमबाट बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

विकास ऋणपत्र असोज २५ गते शुक्रबार अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ भने असोज २६ गते निष्काशन हुने राष्ट्र बैंकले जनाएको छ । यस विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरीद गर्न सक्नेछन ।

यस ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । वि.सं. २०८८ असोज २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ ।

आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने जनाएको छ ।

 

 

himalayan life insurance
igi long