stcnepal long ad
global ime bank long

नेप्सेलाई आइपीओ मार्फत पुनर्संरचना गर्न माग गर्दै कर्मचारीले गरे कार्यालयमा धर्ना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्से कर्मचारी संघले नेप्सेलाई आइपीओमार्फत पुनर्संरचना गर्न माग गरेका छन् । उनीहरुले उक्त माग कार्यान्वयन गर्न दबाब स्वरुप बुधबार असोज २४ गते नेप्सेको कार्यालय अगाडी एक घन्टा धर्ना दिएका छन् ।

पहिलो चरणमा सौहार्द वातावरणमा प्लेकार्डसहित धर्ना दिएको नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले नेपाली पैसालाई बताए ।

नेप्सेलाई पुनर्संरचना गरेर सबल, सक्षम, प्रतिस्प्रर्धी बनाउनु पर्ने उनीहरुको माग छ । संघका अध्यक्ष नवराज थापाले कर्मचारीले राखेको उक्त मागमा सरकारले सम्बोधन नगरे दसैंपछि आन्दोलनलाई कडा बनाउने बताएका छन् ।

यसअघि वैशाख ३१ गते पनि संघले नेप्सेको पुनर्संरचनाको माग राख्दै कार्यालयमै ब्यानर राखेर विरोधको कार्यक्रम आयोजना गरेको थियो ।

IME Lifesidebar
kumari