stcnepal long ad
global ime bank long

जापानले ७ करोड ६० लाख बराबरका मेडिकल सामग्री पोखराको हिमालयन आँखा अस्पताललाई हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । जापानले पोखराको हिमालयन आँखा अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितिमा पोखरामा बुधबार आयोजित समारोहमा हिमालयन आँखा अस्पताललाई जापानले ७ करोड ६० लाख नेपाली मूल्यबराबरका सामग्री हस्तान्तरण गरेको हो।

ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट हुम्यान सेक्युरिटी प्रोजेक्टस कार्यक्रम अन्तर्गत हिमालयन आँखा अस्पताललाई उक्त सहयोग दिइएको हो।

हिमालयन आँखा अस्पतालले कर्णाली र गण्डकीका विभिन्न स्थानमा निशुल्क आँखा शिविरहरु आयोजना गरिरहेको छ।

उक्त अवसरमा राजदूत युताकाले हिमालयन आँखा अस्पताललाई बधाई दिँदै परियोजनामा सहभागीहरुलाई प्रशंसा गरेका थिए।

सन् १९९३ मा स्थापित हिमालयन आँखा अस्पतालले बर्सेनि ७ हजारभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ।

 

IME Lifesidebar
kumari