citizens life insurance long ad
stcnepal long ad
national life

प्रभु बैंकको १ लाख ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले सेयर भाउ भने तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज असोज २३ गते बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long