sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बुटवल उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व, अध्यक्षमा हरि अर्याल निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सङ्घको २५ औँ अधिवेशन अन्तरगत भएको निर्वाचनमा अर्यालले प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै अर्याल प्यानलसहित निर्वाचित भएका हुन् ।

९ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे बाहेक अर्याल प्यानलककै उम्मेदवारले जितेका छन् । एक हजार ७ सय ७८ मतदाता रहेकामा १५०६ मत खसेको थियो ।जसमा अर्यालले ७७६ र श्रेष्ठले ६८८ मत प्राप्त गरेका छन्।

अर्याल सङ्घका पूर्व वाणिज्य उपाध्यक्ष हुन् भने श्रेष्ठ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् । अर्याल यसअघिको अधिवेशनमा उज्ज्वल कसजूसंग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । अर्याल र श्रेष्ठले ९ पदाधिकारी र १७ कार्यसमिति सदस्य पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

यसपटक अध्यक्षका दुवै उम्मेदवार नेपाली कांग्रेस निकट थिए । अर्याल प्यानलबाट उद्योग उपाध्यक्षमा नेकपा एमाले निकट सुरज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले नवीनप्रसाद श्रेष्ठलाई पराजित गरे ।

महासचिव पदमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले बाबुराम बिकलाई पराजित गरे ।

कोषाध्यक्ष पदमा वसन्तप्रसाद ढकाल निर्वाचित भए । उनले प्रकाशकुमार श्रेष्ठलाई पराजित गरे । सचिव पदमा प्रतीक पोखरेल निर्वाचित भए । उनले भेषराज गैरेलाई पराजित गरे । सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल निर्वाचित भएकी छन् । उनले जाकिर हुसेनलाई पराजित गरिन् ।

सदस्यहरूमा उद्योग तर्फ दीपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्य तर्फ सदस्यहरूमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् ।

खुल्ला तर्फ सदस्यमा विष्णु घिमिरे ९पन्त०, विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

prabhu bank
nawakantipur long