macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बैंकहरुको सेयर र घर कर्जा योजना सार्वजनिक, कुन बैंकले कति प्रतिशत ब्याजदरमा कर्जा दिन्छन् ?

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लामो समयदेखि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी खासै बढ्न सकेको छैन । अन्तर बैंक ब्याजदर र सीडी रेसियो दिनप्रतिदिन घट्दै गएको छ । यसले बैंकहरु कर्जा विस्तार गर्न सहज अवस्थामा रहेको संकेत गरे पनि बैंकहरु भने यसलाई स्वीकार गर्दैनन् ।

उनीहरु अझै बैंक तथा वित्तीय संस्थामा पर्याप्त मात्रामा तरलता नरहेको तर्क गर्छन् । तर केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले बैंकमा पर्याप्तमा मात्रामा लगानीयोग्य रकम रहेको देखाएको छ । सीडी रेसियो ८२.०५ प्रतिशतमै आएको छ भने अन्तर बैंक ब्याजदर २.५२ प्रतिशतमै झरेको छ ।

यो तथ्यांकले बैंकमा तरलता थुप्रिएको स्पष्ट हुन्छ । यसैबीच, बैंकहरुले पनि निक्षेप खोसाखेस गरिरहेका छन् ।

कर्जा विस्तार ज्यादैं न्यून छ । चौतर्फी दबाबका बीच चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो र घर जग्गासम्बन्धी कर्जालाई केही खुकुलो बनाइदिएको छ ।

यसैबीच, बैंकहरुले घर कर्जाका लागि विभिन्न योजनाहरु सार्वजनिक गर्न थालेका छन् ।
तर, लगानीकर्ता भने अझै बैंकहरुको ब्याजदर उच्च रहेको भन्दै कर्जा लिनका लागि उत्साहित हुन सकेका छैनन् । यता, सेयर धितोमा पनि पर्याप्त मात्रामा कर्जा विस्तार हुन सकेको छैन । विगत लामो समयदेखि सेयर बजार वियरिस ट्रेन्डमा छ ।

सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमालाई हटाउनुपर्ने माग पनि हुँदै आएको छ । स्थिर घर कर्जा र सेयर कर्जा कुन बैंकले कतिमा दिँदैछन् रुयता, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार राखे पुग्ने व्यवस्था गरेको छ ।

यसअघि २५ लाखसम्मको सेयर धितो कर्जामा मात्रै १०० प्रतिशत जोखिम भार राख्नुपर्ने सर्त थियो । त्यस्तै, व्यक्तिगत आवासीय घर कर्जा तथा आवासीय घर कर्जाको सीमा पनि एक करोड ५० लाख रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ पु¥याइएको छ ।

यस्तै, व्यक्तिगत हायर पर्चेज तथा सवारी कर्जासम्बन्धी सर्तलाई पनि खुकुलो बनाइएको छ । यसअघि त्यस्तो कर्जामा सीधै १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने नीति थियो ।

जोखिम भार घटेपछि ५० लाखसम्म सेयर धितो कर्जा लिनेको संख्या बढेको छ भने आवासीय (व्यक्तिगत) घर कर्जा प्रवाह पनि बढेको छ ।

एक महिनामा नै २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १ अर्ब ३० करोडले बढ्यो

चालु वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १००५ जोखिम भार कायम गरेको छ ।

उक्त व्यवस्था लागू भएसँगै २५ लाखदेखि ५० लाख रुपैयाँसम्म सेयर धितो कर्जा लिने लगानीकर्ताको संख्या ह्वातै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन मसान्तसम्म २५ लाखदेखि ५० लाख रुपैयाँसम्म १४ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

जबकी गएको असार मसान्तसम्म यो शीर्षकमा १२ अर्ब ७८ करोड रुपैयाँ प्रवाह भएको थियो । मौद्रिक नीति सार्वजनिक भएको पहिलो महिनामा नै उक्त शीर्षकमा कर्जा प्रवाह १ अर्ब ३० करोड रुपैयाँले बढेको देखिन्छ । केन्द्रीय बैंकले गत साउन ७ गते चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो ।

एक महिनामा व्यक्तिगत आवासीय कर्जा करिब ११ अर्बले बढ्योपछिल्लो एक महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले करिब ११ अर्ब घर कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा समग्र बैंकिङ प्रणालीमा कर्जा लगानी १९ अर्बले घट्दा व्यक्तिगत घर कर्जा भने १० अर्ब ६४ करोड रुपैयाँले बढेको छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत घर कर्जामा ३ खर्ब ४८ अर्ब रुपैयाँ लगानी गरेकोमा साउनमा १० अर्ब ६४ करोड रुपैयाँले बढाएर ३ खर्ब ५९ अर्ब रुपैयाँ पुर्याएका छन् । यो महिना आवसीय घर कर्जा ३।०५ प्रतिशतले वृद्धि भएको हो ।

१७ असोज २०८०, बुधवार ०६:४४ बजे प्रकाशित

NTA long ad