citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको भोलि मंगलबार असोज १६ गते बुक क्लोज हुने भएको छ । यसआधारमा यी दुवै बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार असोज १५ गते अन्तिम दिन हो ।

आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । एनआइसी एसिया बैंकले दसैंको घटस्थापनाको दिन असोज २८ गते साधारण सभा बोलाएको छ । साधारण सभामा बैंकले ३०.५२% लाभांश वितरण प्रस्ताव पेश गर्नेछ ।

बैंकले गत वर्षको नाफाबाट २९% बोनस सेयर र कर प्रयोजनका लागि १.५२% नगद गरी कुल ३०.५२% लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकले असोज १६ गते मंगलबारदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, आज सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
साधारणसभा, आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा असोज २८ गते बिहान ९ बजेबाट सुरु हुनेछ ।

एभरेष्ट बैंक

यता, एभरेष्ट बैंकले पनि लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १०% बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंगलबार असोज १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

साधारणसभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ । यस्तै, संस्थापक समूहबाट सञ्चालक समितिमा चयन भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

himalayan life insurance
igi long