stcnepal long ad
ime life insurance
global ime bank long

सिजी ग्लोबल कर्पले श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको स्वामित्व ग्रहण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । विनोद चौधरी अध्यक्ष रहेको बहुर्राष्ट्रिय कम्पनी सिजी ग्लोबल कर्पले श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको स्वामित्व ग्रहण गरेको छ।

कोलम्बो स्टक एक्सचेञ्जमा सूचीकृत यो बैंकको मुख्य प्रवर्द्धक टिपिजी एशिया भिआइ प्रा.लि.को अधिनमा रहेको सबै शेयर खरिद गर्दै सिजी कोर्पले सिजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालिमार्फत् यूनियन बैंकमा ७० प्रतिशत हिस्सेदारी कायम गरेको हो ।

चौधरी समूह र रविभक्त श्रेष्ठको एनइ ग्रुपको संयुक्त लगानी रहेको सिजी क्यापिटल पार्टनर्स ग्लोबल प्रा.लि. सिंगापुरमा दर्ता रहेको लगानी कम्पनी हो ।

१ डिसेम्बर २०२२ मा नै युनियन बैंकको ७०‍.८४ प्रतिशत हिस्सा अर्थात् ७६ लाख ८० हजार कित्ता शेयर सिजी क्यापिटलले शेयर खरिद गर्न समझदारी भएपनि लामो प्रकृया पछि बल्ल शेयर स्वामित्व हस्तान्तरण भएको हो ।

शेयर खरिद बिक्री सम्बन्धमा कोलम्बो स्टक एक्सचेन्ज (सीएसई) मा १० सेप्टेम्बरमा युनियन बैंकले घोषणा गरि सकेको छ।

यसको शेयर कारोबार मूल्य बुधबार स्थानीय मुद्रा अनुसार ११ रुपैयाँ १० पैसा कायम रहेको थियो ।

यो खरिद बिक्री कति रकममा भएको भन्नेबारे केही खुलाईएको छैन । श्रील‌ंकाली सञ्चारगृह सिलन टुडेको ३ डिसेम्बर २०२२ को अनलाइन संस्करणमा उल्लेख भए अनुसार चौधरी समूहले यूनियन बैंकमा १० करोड अमेरिकी डलर लगानी गर्न चाहेको उल्लेख छ।

सिलन टुडेले चौधरी समूहका अध्यक्ष विनोद चौधरी र युनियन बैंकका पूर्व अध्यक्ष थिलक डि सिल्भाबीच अन्य व्यापारमा समेत साझेदारी रहेकाले बै‌ंकको शेयर खरिदको डिल संभव भएको हो ।

यूनियन बैंकले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार ३० जुन २०२३ मा यसको कूल सम्पत्तीको किताबी मूल्य श्रीलंकाली रूपैयाँ १ खर्ब २८ अर्ब ९० करोड ४० लाख थियो । सिजी ग्रुपसँग नेपालमा नबिल बैंक लिमिटेडमा सबैभन्दा ठूलो हिस्सेदारी छ।

युनियन बैंकमा यसरी भित्रिएको थियो पहिलो वैदेशिक लगानीः
सन् २०१४ मा चुक्ता पूँजी वृद्धिका लागी युनियन बैंक अफ कोलम्बो पीएलसीले केम्यान आइल्याण्डको कल्चर फाइनान्सियल होल्डिङ्सबाट ११ अर्ब ४२ करोड अमेरिकी डलर (तत्कालीन विनिमय दर अनुसार श्रीलंकाकी रु. ११,४२०,४७४,९८४.७०) लगानी गरेर ७४२,१५६,२४९ कित्ता शेयर ग्रहण गरेको थियो । सेलन टुडेका अनुसार त्यत्ति बेला प्रति कित्ता श्रीलंकाली रूपैयाँ १५.३० को दरले शेयर किनबेच भएको थियो ।

त्यत्तिबेला ७५ प्रतिशत शेयर स्वामित्वलाई १५ वर्ष अवधिभित्र चरणबद्धरुपमा गर्दै १५ प्रतिशतमा झार्ने शर्तमा सेन्ट्रल बैंक अफ श्रीलंकाले विदेशी लगानीको स्वीकृती दिएको थियो ।

prabhu mahalaxmi
kumari