stcnepal long ad
ime life insurance
global ime bank long

जडीबुटीमा बनाएको बसपार्क नभत्काउन उच्चको आदेश

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौँको जडीबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको हो । अदालतले असोज १४ गतेलाई लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अदालतले काठमाडौँ महानगरलाई आदेशमा भनेको छ, ‘छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) (ख)तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाममा अल्पपकालिन अन्तरिम आदेश गरिएको छ।’

prabhu mahalaxmi
kumari