citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा बैंकको सेवा मूल्याङ्कन अब क्यूआर कोड मार्फत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो ।

यस अन्तर्गत, सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् ।

बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्यूआर कोड उपलब्ध गराएको छ ।

उक्त क्यूआर कोड स्क्यान गरी ग्राहकहरुले बैंकमा आफ्नो अनुभव तत्कालै मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको बताएको छ ।

हालसम्म बैंकले सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

himalayan life insurance
igi long