macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एभरेष्ट बैंकको असोज ३० गते वार्षिक साधारण सभा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले १०५ बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ । साधारण सभा लैनचौर बेंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।
तसर्थ, असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

८ असोज २०८०, सोमवार १०:०८ बजे प्रकाशित

NTA long ad