citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकको रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा गत बुधबारदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेबनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेसनमा आउने सम्पूर्ण ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको हो।

रिपुमर्दिनी पेट्रोल स्टेसनमा स्थापना गरिएको उक्त काउन्टरमा ग्राहकले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपालपे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटीएम कार्डमार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएस मार्फत क्रेता तथा बिक्रेताले भुक्तानीसम्बन्धी जानकारी प्राप्त गर्दछन्।

बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी उज्ज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषका तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोहबीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

IME Life
kumari