stcnepal long ad
himalayan Everest Insurance long ad

वाणिज्य बैंकहरुले असोज लागि सार्वजनिक गरे नयाँ ब्याजदर : कुनको कति ?

अधिकांश बैंकले १०.८९६% ब्याजदर निर्धारण गरेका छन् ।

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । केही बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

अधिकांश बैंकले १०.८९६% ब्याजदर निर्धारण गरेका छन् । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् ।

दुई महिनाको अवधिमा अधिकांश बैंकहरुको ब्याजदर बढेको छ । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०% विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

कुन बैंकको ब्याजदर कति ?

हालसम्म असोजका लागि १८ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुदद्दति निक्षेपमा ७ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर बढाएका छन् । यता, ७ वटै बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा घटेको छ ।

४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ ।

व्यक्तिगत मुद्दति  निक्षेपमा  भदौको तुलनामा असोजमा ब्याजदर १.०६% ले बढेर ११.०५% पुगेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्रइम कमर्सियल बैंकले दिने भएको छ ।

हेरौं, भदौ महिनाको लागि कुन वाणिज्य बैंकको ब्याजदर कति ?

३१ भदौ २०८०, आइतवार ०९:२६ बजे प्रकाशित

NTA long ad