stcnepal long ad
himalayan Everest Insurance long ad

सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०७९/८० को लागी ५.७९ प्रतिशत लाभांश प्रस्ताव

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज २०८० भाद्र ३१ गते बिहान १०ः०० बजे बसेको संचालक समितिको ४२८ औं बैठकको निर्णय बमोजिम शेयरधनी महानुभावहरुलाई  आर्थिक वर्ष २०७९/८०  को  मुनाफाबाट ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७९/८० को वितरण योग्य मुनाफाबाट २०८० आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६/– को ५.७९ प्रतिशतले हुने रु. ८२,२१,६१,६५२.९६ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने व्यहोरा बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

३१ भदौ २०८०, आइतवार १४:१९ बजे प्रकाशित

NTA long ad