sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सिटिजन्स बैंकका ग्राहकले भारत स्थित अपोलो हस्पिटलको सेवामा आकर्षक छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेड बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको बिभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा।कात्र्तिक अनन्थरामनले हस्ताक्षर गरेका छन् ।

सिटिजन्स बैंकको भारत स्थित हस्पिटल्सहरु संगको यो दोसो्र सम्झौता हो । यस अघि बैंकले भारत स्थित मेदान्त– द मेडिसिटि अस्पताल संग बैंकका कार्डवाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५% सम्म छुट दिने  सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यस किसिमको सहकार्यबाट हाल यस बैंकका ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् ।

आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १ ६ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम  झिक्न र राख्न  सकिने जस्ता  सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

gold
prabhu bank
nawakantipur long