सेगवेका इलेक्ट्रिक स्कुटर शून्य प्रतिशत ब्याजदरमा पाइने
काठमाडौं । सेगवेका ग्राहकहरुलाई सजिलो र पहुँच योग्य बनाउन यो सुविधा ल्याएको कम्पनीले जनाएको छ ।
सेगवेको ० प्रतिशत फाइनान्सिङ सेवाले ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य रहेको जनाएको छ । यो अफर सेगवेका एन १००, ई १००, ई ११०, र ई १२५ मोडेलमा उपलब्ध हुने छ ।
० प्रतिशत फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको जनाइएको छ । १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो सेवाले ग्राहकहरुलाई सेगवे इलेक्ट्रिक स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यवहारिक बनाएको कम्पनीको दाबी छ ।
स्कुटर खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कूटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफर उपलब्ध गराएको छ ।
सेगवेमा, कम्पनीले आफ्ना ग्राहकहरूको विविध आवश्यकता र प्राथमिकताहरूलाई मान्यता दिएको छ । यो कुरालाई ध्यानमा राख्दै, सेगवेले आकर्षक एक्सचेन्ज अफर ल्याएको छ, जसमा ग्राहहरूले आफ्नो अव्यवस्थित स्कुटरहरूमा नयाँ सेगवे इलेक्ट्रिक स्कुटर खरिद गर्न पाउनेछन् ।
कम्पनीको एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, र तपाईको बजार लगायतका वित्तीय संस्थाहरूसँगको सहकार्यले आफ्ना ग्राहकहरूका लागि ० प्रतिशत फाइनान्सिङ सेवालाई सहज बनाएको जनाएको छ ।