सेगवे–नाइनबटको नयाँ हाई–पावर ई–स्कुटर N१०० आकर्षक मूल्यमा नेपाली बजारमा सार्वजनिक
काठमाडौँ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइ.हब प्रा.लि ले एन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ ।
अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट N१०० एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो । N१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान हो जसले सवारी चालकहरुलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्दछ ।
सेगवे ले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको N१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना गर्दैछ । कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ । सहभागीहरूले सेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरूसँग रेसिंग सेगवे मार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुनेछ ।
सेगवे नाइनबट N१०० को बारेमाः
सेगवे नाइनबटको N१०० ७२ ईलेक्ट्रिक मोटरसाइकल हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ ।
N१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ ।
यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गो (RideyGo) जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, जसमा मोबाइल अनुप्रयोग मार्फत स्वचालित अनलक गर्ने वा स्कुटर पोजिसन गर्ने जस्ता कार्यहरुको लागि धेरै सेन्सरहरु छन् ।
थप रुपमा, यसले रमाइलो सवारी अनुभवको लागि सहज र आरामदायी सिट समावेश गरिएको छ । बलियो इन्जिन र प्रभावशाली ब्याट्रीहरुको अलावा, यो आकारमा ठूलो छ र सिट मुनि पर्याप्त ठाउँ छ । समग्रमा, सेगवे नाइनबट N१०० एक सुविधाजनक ईलेक्ट्रिक स्कुटर हो जुन शहरी छोटो यात्राको लागि उपयुक्त छ ।
N१०० ले कम्प्याक्ट डिजाइनको अतिरिक्त अत्याधुनिक मोबाइल एप सहित अत्याधुनिक प्रविधि पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ । एपले प्रकाश, गति र पावर सेटिङहरु सहित अनुकूलन विकल्पहरुको पहुँच प्रदान गर्दछ ।
सेगवे नाइनबट N१०० ईलेक्ट्रिक स्कुटरमा उत्कृष्ट विशेषताहरु छ जसले यात्रालाई सुविधाजनक र सुरक्षित बनाउँदछ ।
RideyGo! (राईडी गो) :
यो एक सुविधा हो जसले स्मार्टफोनको साथ जोडेर स्कुटर छिटो र सजिलै संग सुरु गर्न र रोक्न अनुमति दिन्छ ।
Ninebot AirLock (नाइनबट एयरलक):
नाइनबट एयरलकले ब्लुटुथ जडानको साथ लक र अनलक गर्न सकिन्छ र स्कूटरको लागि थप सुरक्षा प्रदान गर्दछ ।
Auto-Sensors (अटो–सेन्सर्स):
पार्किङ सेन्सरले स्कूटर पार्क गर्दा सारिएको बेला सचेत गराउँछ, र सिटमा कोही बस्दा सिट सेन्सरले स्वचालित रूपमा पावर बन्द गर्दछ ।
Electric lock for seat cask:
स्कुटरमा सिट डिकीको लागि इलेक्ट्रिक लक पनि छ, जसमा सवारी गर्दा सामानहरू सुरक्षित रूपमा राख्न सकिन्छ ।
OTA (Over-the-Air):
OTA अपडेट्सले राइडरहरुलाई स्कूटर सधैं नवीन सफ्टवेयरको समथ चलिरहेको सुनिश्चित गर्दछ, र GPS र AHRS(एटिट्यूड र हेडिङ सन्दर्भ प्रणाली) ले राइडराई स्कुटरको स्थान र कार्यसम्पादनमा वास्तविक–समय डेटा प्रदान गर्दछ ।
Remote on/off and Black box+SOS:
रिमोट अन/अफले राइडरलाई टाढाबाट नै स्कूटर खोल्न र बन्द गन सक्ने सुविधा दिन्छ, जबकि ब्ल्याक बक्स + SOS सुविधाले दुर्घटना भएमा आपतकालीन चेतावनी प्रणाली प्रदान गर्दछ ।
Cruise Control & BMS:
क्रुज कन्ट्रोलले राइडरलाई स्थिर गति सेट गर्न सक्ने सुविधा दिन्छ, BMS (ब्याट्री व्यवस्थापन प्रणाली) ले ब्याट्री निगरानी गर्दछ साथै सुरक्षित र कुशल चार्जिङ र डिस्चार्जिङ सुनिश्चित गर्दछ ।
यी सुविधाहरूले सेगवे नाइनबटको N१०० इलेक्ट्रिक स्कुटरलाई दैनिक आवागमन वा मनोरञ्जन गतिविधिहरूको लागि यातायातको भरपर्दो र सुविधाजनक प्रणाली बनाएको छ । सेगवे ने N१०० अहिले बजारमा रु. XX र कालो र सेतो दुई रंगहरूमा उपलब्ध छ ।
सेगवे नाइनबटको बारेमाः
सेगवे व्यक्तिगत ट्रान्सपोर्ट समाधानको लागि एक अग्रणी विश्वव्यापी प्रदायक हो, जसले विश्वभरका सवारी चालकहरूको गतिशीलता र स्वतन्त्रता बढाउन डिजाइन गरिएका उत्पादनहरूको श्रेणी प्रदान गर्दछ ।
२० वर्ष भन्दा बढी अनुभव सँगै, सेगवे आजको द्रुत–गति संसारमा सवारहरुको आवश्यकता पुरा गर्ने नवीन र भरपर्दो समाधान प्रदान गर्न प्रतिबद्ध छ ।
हाल, कम्पनीको व्यवसायहरू विश्वभर छन्, र यसका बेइजिङ, सिएटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा सहायक कम्पनीहरू छन्, ८० भन्दा बढी देश र क्षेत्रहरूमा उत्पादनहरू विक्री वितरण गरिसकेको छ ।
विश्व–प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ, सेगवे नाइनबटले प्रयोगकर्ताहरू र सम्पूर्ण उद्योगलाई भविष्य नेतृत्व गर्ने थप उत्पादनहरू निर्माण गर्नेछ ।

























