stcnepal long ad
global ime bank long

अग्नि ग्रुपद्धारा  कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधा सहितको शोरुम स्थापना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं । अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ३ अनतर्गत बागमति क्षेत्र कुरिन्टारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुबिधा सम्पन्न शोरूम स्थापना गरेको छ ।

कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेट अपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष  दान बहादुर गुरुङ, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष श्रीमति माया सिलवाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार, सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रमुख अन्जनी कुमारी पोखरेल, काली वहादुर गण भरतपुर का गणपति  अच्युत घिमिरे, सशस्त्र प्रहरि बल १६ नम्बर गण आपँटारीका सशस्त्र प्रहरी उपरिक्षक  मनोज थापा, राष्ट्रिय अनुशन्धान कार्यालय चितवनका अनुसन्धान उपनिर्देशक  शेरजङ्ग चन्द, अग्नी ग्रुपका प्रबन्ध निर्देशक  क्याबिनेट श्रेष्ठले र अग्नी ग्रुपका कार्यकारी निर्देशक  अर्जुन प्रसाद शर्मा द्धारा १३ भाद्र २०२९, विहिबारका दिन अन्य स्थानीय प्रतिनिधिहरु सहित संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।

उनका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू मात्रै नभइ महिन्द्रा ट्रयाक्टर मोडलहरु जस्तै नयाँ ‘एसपी प्लस’, युभो, नोभो, जिभो र युभराज ट्रयाक्टर श्रृंखला आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस् को लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए। शुभारम्भमा बोल्दै उहाले भन्नुभयो महिन्द्रासँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यसरी देशका विभिन्न स्थानहरुमा सुविधाले सुसज्जित आधिकारिक शोरुम खोल्नु अग्नि ग्रुपका लागि गर्वको क्षण पनि हो, जुन एक किसिमले हाम्रा ग्राहकहरुप्रति हाम्रो प्रतिवद्धता, वर्गमा उत्कृष्टभन्दा कम केही नपाउने सुनिश्चित गर्ने थप जिम्मेवारी पनि हो ।”

कुरिन्टार र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्टस् सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक÷कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रा.लि.अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।

 

IME Lifesidebar
kumari