नयाँ महिन्द्रा थ्रीएस डिलर र 2S सब–डिलरको उद्घाटन
नयाँ महिन्द्रा 3S डिलर र 2S सब–डिलरको उद्घाटन
काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले चितवनमा नयाँ थ्रीएस डिलर, सेन्ट्रल अटो जोन (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भरतपुर–९ हाकिमचोक, चितवन र 2S सब–डिलर, न्यू पञ्चकन्या मोटर पार्ट्स टाँडी, चितवनमा हाल उद्घाटन गरेको छ ।
सो डिलर र सब–डिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ , सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु, अग्निका प्रतिनिधि र अन्य विशेष अतिथिहरूको अमूल्य उपस्थितिमा २०७८ फागुन २९ गते आइतबारका दिन सामूहिक रूपमा भएको थियो ।
अग्नि ग्रुपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तार मार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको छ र यसरी नै आगामी दिनहरुमा पनि अन्य थप डिलरहरू र सब–डिलहरूको उद्घाटन गर्ने पनि जनाएको छ।




















