महिन्द्रा केयर फेस्ट २०२२ आयोजना हुँदै
काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले यही फाल्गुन २२ गतेदेखि फाल्गुन २७ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ ।
यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १०% छुट तथा एक्सेसरीजमा २५% सम्म छुटको लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नुहुनेछ ।
महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।


























