citizens life insurance long ad
stcnepal long ad

अटोमोवाइल्स एशोसिएशनको अध्यक्षमा थापा विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । हिजो बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरेका छन् ।

विजयी थापाले १४१३ मत प्राप्त गरेका थिएभने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् ।

मतपरिणाम अनुसार चौधरीको प्यानलबाट मिलनबाबु मल्ल (१४६५), अनुपकुमार मल्ल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२), सुनिल रिजाल (१४०२) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी सोही प्यानलबाट अभिक ज्योती (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंहानिया (१३७१) र गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी निलमणि पाठक (१३५४) वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् । थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।

IME Life
kumari