citizens life insurance long ad
stcnepal long ad

१२ देखि १७ वर्षसम्मका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप पुस ४ गतेदेखि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । बालबालिकाले आउँदो पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । विभागको खोप शाखा प्रमुख सागर दाहालले विद्यालयबाटै खोप लगाउने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

यसअघि आएका समेत गरी पर्सि आइतवारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप आए लगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने खोप शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि फाइजरको खोप दिइएका २० जिल्लामा भने तत्काल मोडर्ना खोप दिइने छैन । यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो ।

तर त्यो खोप १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकाले पाएका छैनन् । पहिले ५७ जिल्लामा लगाएपछि २० जिल्लाका बाँकी बालबालिकालाई खोप लगाउने सरकारको तयारी छ ।

 

IME Life
kumari