स्याङयोङ्गको नयाँ वर्ष अफरः ५ लाख रुपैयाँ छुटदेखि निःशुल्क बीमासम्म
काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँवर्ष २०७८ सालको अवसरमा“स्याङयोङ्ग नववर्ष अफर” ल्याएको छ ।
ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलिम्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाखसम्म पाउन सक्नेछन, साथै २ लाख सम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।
स्याङयोङ्गले ग्राहकहरुलाई यस प्रकारकाअफर प्रदान गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षको अफर अन्तर्गत एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो फाइनान्स, तीन बर्ष वारेन्टि, ३ वर्ष निःशुल्क सर्भिसिङ्ग, ११ हजार बराबरको निःशुल्क एक्सेसरिज पाउने भएका छन् ।
यी अफर २०७८ बैशाख १ गते देखि बैशाख ३१ गते सम्ममात्र रहनेछ । स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो ।
सन् १९५४ देखि सुरुवातगरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनिउत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछ । जसको मुलकारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन् ।























