रु रु जलविद्युतको शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैशाख ५ गते आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागू हुनेसमेत जनाईएको छ ।
रु रु जलविद्युत परियोजनाका तर्फबाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन ।
उक्त कार्यक्रम एक समारोहकाबिच रु रु जलविद्युत परियोजनाको रु रु जलविद्युतपरियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको कम्पनीहो । यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।
रु रु जलविद्युत परियोजनालिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको जानकारी गराइन्छ ।





















