stcnepal long ad
global ime bank long

निशानको विद्युतीय गाडी ‘लिफ’ लन्च हुँदै, ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ‘ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।

विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडिको लन्च कार्यक्रम पुर्व निर्धारित समयमा हुन सकेको थिएन । तर नेपाल सरकारले विद्युतीय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा लन्च हुने भएको छ।

कम्पनीका अनुसार निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो र यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ।

निशान लिफ संसारभर २ लाख ५० हजार भन्दा बढी बिक्री भैसकेको कम्पनीले जनाएको छ । यस कारणले पनि निशान लिफ सर्वसाधारणहरुको सहज पहुँचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ । पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो ।

उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारी को रुपमा परिचित छ । अधिक हर्शपावार र टर्क सहित आउने निशान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन् ।

४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इ(पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ । इ(पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari