stcnepal long ad
global ime bank long

सुपर बाइकको शान बढाउँदै होण्डा सिबिआर ६०० आर आर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६ सय आर आर लाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरहरुले सबैलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

यस बाइकमा ४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६ सय आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ ।६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ ।

६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४,५०,००० निधारण गरिएको छ ।

IME Lifesidebar
kumari