stcnepal long ad
global ime bank long

अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने ललितपुर जिल्ला प्रशासनको निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। ललितपुर जिल्लाभर भोलि आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा अर्को सुचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको दर अत्यधिक रुपमा बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भीडभाड अत्यधिक भई संक्रमण सेवाग्राहीहरुमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड १९ ले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनजर गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको ललितपुर प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु प्रवाह स्थगित गरिने जनाएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी), सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय समेतसँगको छलफल, परामर्श एवम् निष्कर्षमा यस्तो निर्णय गरेको जनाएको छ ।

 

IME Lifesidebar
kumari