stcnepal long ad
global ime bank long

लिपमोटरको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘B03Xप्रो म्याक्स’ नेपालमा सार्वजनिक

पहिलो १०० ग्राहकलाई विशेष छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्स प्रालिले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी ‘B03X प्रो म्याक्स’ (Leapmotor B03X Pro Max) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

ललितपुरको ‘द प्लाजा’ मा आयोजित एक विशेष समारोहका बीच यो गाडी सार्वजनिक गरिएको हो । सो अवसरमा अटोमोबाइल क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र गाडीका सौखिनहरूको बाक्लो उपस्थिति थियो ।

कम्पनीले यस प्रिमियम एसयूभीको मूल्यमा सुरूवाती आकर्षक अफर सार्वजनिक गरेको छ । पहिलो १०० जना ग्राहकका लागि यसको विशेष मूल्य ४४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसपछिका ग्राहकका लागि भने गाडीको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । हाल देशभरका शोरुमहरूबाट यसको अवलोकन तथा बुकिङ खुला भइसकेको कम्पनीले जनाएको छ ।

नेपाली भूगोल र सडकलाई मध्यनजर गर्दै निर्माण गरिएको यस लिपमोटर B03X मा १४५ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ ।

५३ किलोवाट आवर (kWh) को ब्याट्री प्याक रहेको यस गाडीले एक पटकको फुल चार्जमा ५०५ किलोमिटर (CLTC) सम्मको उत्कृष्ट रेन्ज दिने दाबी गरिएको छ । अफरोड र कच्ची सडकमा समेत सहज यात्राका लागि यसमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

गाडीको इन्टेरियरलाई प्रविधिमैत्री र विलासी बनाइएको छ । यसमा १४.६ इन्चको २.५ एचडी टचस्क्रिन, १२ वटा स्पिकरयुक्त इमर्सिभ साउन्ड सिस्टम र सुरक्षाका लागि अत्याधुनिक ‘लेभल २ एडास’ (Level 2 ADAS) प्रविधि जस्ता विशेषताहरू छन् ।

साङ्ग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने, “B03X को आगमन नेपालको इलेक्ट्रिक मोबिलिटीका लागि एउटा महत्त्वपूर्ण खुड्किलो हो । हामी स्मार्ट र दिगो सवारी अनुभवका लागि नयाँ मापदण्ड  स्थापित गर्ने उद्देश्यका साथ यो एसयूभी नेपाली बजारमा ल्याउन पाउँदा निकै उत्साहित छौं ।”

लिपमोटर विश्वप्रसिद्ध अटोमोबाइल समूह ‘स्टेलान्टिस’ (जसले मासेराटी, अल्फा रोमियो र प्युजो जस्ता ब्रान्ड उत्पादन गर्छ) सँगको सहकार्यमा रहेको ब्रान्ड हो ।

चीनको नम्बर १ न्यु इनर्जी भेहिकल (NEV) स्टार्ट-अप मानिने लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ ।

जुलाई महिनामा मात्रै यसले १ लाखभन्दा बढी युनिट बिक्री गरी रेकर्ड कायम गरेको थियो । हाल विश्वका ४० भन्दा बढी देशमा यसको सेवा सञ्जाल फैलिएको छ ।

IME Lifesidebar
kumari