stcnepal long ad
global ime bank long

नाइमा र नाडा अटो शोमा १ दर्जन बढी नयाँ मोटरसाइकल लन्च हुने, कुन ब्रान्डले के ल्याउँदै ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो र भदौ ९ गतेदेखि हुने नाडा अटो शो दुईपाङ्ग्रे पारखीहरूका लागि मुख्य आकर्षण बन्ने भएका छन् । यसपटक नेपाली बजारमा एड्भेन्चर मोटरसाइकल, रेट्रो डिजाइन र प्रिमियम विद्युतीय स्कुटरहरू प्रमुख प्रतिस्पर्धामा रहनेछन् ।

एड्भेन्चर सेग्मेन्टमा मोर्बिडेलीको नयाँ बजेट एड्भेन्चर बाइक भित्रिँदैछ भने सीएफमोटोले आफ्नो ४५० एमटीको २०२६ संस्करण बजारमा ल्याउँदैछ । त्यसैगरी हिरोले ६–स्पीड गियरबक्स र टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टरसहितको एक्सपल्स २१० प्रदर्शन गर्ने तयारी गरेको छ ।

यामाहाको चर्चित रेट्रो मोडल एक्सएसआर १५५ पनि एमएडब्लू राइड्समार्फत नाडा अटो शोमा सार्वजनिक हुनेछ । जगदम्बा मोटर्सले भारतीय बजारमा हालै लन्च भएको टीभीएसको पहिलो एड्भेन्चर मोटरसाइकल आरटीएक्स ३०० लाई पनि नाइमा एक्सपोमै लन्च गर्ने तयारी गरेको छ । हाल नेपालका विभिन्न सडकमा यसको परिक्षण भइरहेको छ ।

स्कुटर तथा ईभी सेग्मेन्टतर्फ एसयूभी अफ स्कुटर्स अवधारणामा बनेको रिभर इन्डी र बजाज चेतकका दुई नयाँ भेरियन्ट नाइमा एक्स्पोमा सार्वजनिक हुनेछन् । यस्तै हिरोले भिडा भीएक्स टुर टु प्लस विद्युतीय स्कुटर र बालबालिकाका लागि लक्षित भिडा डर्ट ईके थ्री इलेक्ट्रिक डर्ट बाइक पनि प्रदर्शनीमा राख्नेछ ।

यसका साथै अल्ट्राभायोलेट, एथर, रोयल इन्फिल्ड, ट्रायम्फ, केटीएम र याडिया जस्ता ब्रान्डहरूले आफ्ना नयाँ मोडलहरू प्रस्तुत गर्ने तयारी गरेका छन् ।

IME Lifesidebar
kumari