stcnepal long ad
global ime bank long

क्रेटा इलेक्ट्रिकमा ६० प्रतिशतसम्म बाइब्याक भ्यालु पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं–हुन्डाईले क्रेटा इलेक्ट्रिकका लागि भारतमा बाइब्याक स्किम ल्याएको छ । यस योजनाअनुसार ग्राहकहरूले तीन वर्ष वा ४५,००० किलोमिटरसम्म ६० प्रतिशतसम्मको बाइब्याक भ्यालु प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार यस योजनाले विद्युतीय गाडी खरिद गर्दा ग्राहकमा रहने भविष्यको रिसेल मूल्य सम्बन्धी अन्योल र चिन्तालाई सम्बोधन गर्नेछ । यसअघि हुन्डाईले क्रेटा इलेक्ट्रिकका लागि ब्याट्री–एज–अ–सर्भिस विकल्प समेत ल्याएको थियो ।

जसअन्तर्गत ग्राहकले ब्याट्रीको प्रति किलोमिटर ३.९ रुपैयाँ भारु इएमआई तिर्ने गरी १०.९९ लाख रुपैयाँ सुरुवाती मूल्यमा यो गाडी खरिद गर्न सक्छन् ।

क्रेटा इलेक्ट्रिक ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ, जसले ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । ४२ किलोवाट आवरको भेरियन्टमा १३३ बिएचपी र लङ–रेन्ज भेरियन्टमा १६९ बिएचपीको मोटर राखिएको छ, जसले ७.९ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ ।

क्रेटा इलेक्ट्रिक नेपाली बजारमा समेत उपलब्ध छ । भारतमा लागु भएको यस स्किमको लाभ आगामी दिनमा नेपाली उपभोक्ताले समेत पाउने अपेक्षा गर्न सकिन्छ ।

IME Lifesidebar
kumari